Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्वीटी फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १५ : ०४ मा प्रकाशित

सिद्धार्थ इक्वीटी फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७८ साल जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रूपैयाँ ९० पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा एक रूपैयाँ १५ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रूपैयाँ ७५ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब १६ करोड २३ लाख ८ हजार ९ सय १० रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ५५ कराेड रूपैयाँ भन्दा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ६१ करोड १८ लाख ७६ हजार ८ सय ७३ रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ६२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे नाफा वृद्धि भएर १ अर्ब १४ करोड २८ लाख रूपैयाँ पुगेको छ । वैशाख मसान्तसम्ममा फण्डकाे नाफा ९६ करोड ९० लाख ८५ हजार रूपैयाँ थियाे । 

फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d5a92b9f64d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको