Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ : ४ घण्टा मै पर्यो ४ गुणा बढीको आवेदन

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १५ : ५० मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ : ४ घण्टा मै पर्यो ४ गुणा बढीको आवेदन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्कासन गरेको आईपीओमा आवेदन खुल्ला भएको ४ घण्टामै माग भन्दा ४ गुणा बढीको आवेदन परेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार दिउँसो २:३० बजेसम्म ७३ लाख ८१ हजार ६० कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा २ गुणा बढी हो । आईपीओ खुलेको पहिलो दिनमै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।  

संस्थाले  आज (असार ११ गते शुक्रबार) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको