Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरु अहिले नै आत्तिएर बजारबाट निस्किनु पर्ने अवस्था छैन : तिलक काेइराला

अर्थ संसार

आइतबार, १३ असार २०७८, १५ : ४९ मा प्रकाशित

लगानीकर्ताहरु अहिले नै आत्तिएर बजारबाट निस्किनु पर्ने अवस्था छैन : तिलक काेइराला

नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाले लगानीकर्ताहरूमा यो बिचमा केही आशंकाहरू उत्पन्न हुन खोजेको भएपनि आजको काराेबारले त्यसलाई निस्तेज पारिदिएको बताएका छन् । 

बजारमा खरिदकर्ताहरूको उपस्थिती राम्रो देखिएको भन्दै उनले अहिलेनै लगानीकर्ताहरू आत्तिएर बजारबाट निस्किनु पर्ने अवस्था नरहेको बताउँछन् । कारोबार रकम घटेपनि बजारमा बिक्री गर्ने भन्दा खरिद गर्नेहरूको सक्रियता बढेको उनको तर्क छ ।

अहिले लगानीकर्ताहरुमा कम्पनीहरूको विश्लेषण गरेर लगानी गर्ने प्रचलन बढेको भन्दै उनले वाणिज्य बैंकहरूको सेयरमूल्य पनि बढेको र कारोबार पनि राम्रै भइरहेकोले बजारबाट लगानी बाहिरिँदैन भन्ने पुष्टि भएको बताए । 

समग्र नेप्से कतिले बढ्ने कतिले घट्ने भनेर कसैले पनि ठेक्का लिन नसक्ने बताउँदै उनले कम्पनी हेरेर लगानी गर्नुपर्ने बताएका छन् । कुन कम्पनीको सेयरमूल्य घट्छ कुनको बढ्छ भन्ने यकिन कसैलाई पनि नहुने उनको दावी छ । त्यसैले, लगानीकर्ताहरूले लगानी गर्ने बेलामा राम्ररी कम्पनी छनोट गर्नुपर्ने उनको भनाइ छ । कुनैपनि कम्पनीमा लगानी गर्दा उक्त कम्पनीको लाभांश क्षमता हेर्नुपर्ने बताउँछन् उनी । यसरी लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुने उनले बताए ।

अहिलेको अवस्थामा बजारबाट आत्तिनु पर्ने र आशंका गर्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् । 

निरन्तर ओरालो लाग्दै राताम्मै बनिरहेको सेयर बजारमा यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) भने हरियाली देखिएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ मा पुगेकाे छ । नेप्से ०.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढेर ५२९.४१ मा पुगेको छ । कूल २२७ वटा कम्पनीकाे २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँको कारोबार भएकाे छ । 

याे पनि हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको