Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता गभर्नरप्रति रुष्ट, सामाजिक संजाल तथा पब्लिक फोरममा पोख्न थाले घेर्ने सम्मको आक्रोस

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १४ : १८ मा प्रकाशित

सेयर लगानीकर्ता गभर्नरप्रति रुष्ट, सामाजिक संजाल तथा पब्लिक फोरममा पोख्न थाले घेर्ने सम्मको आक्रोस

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति सेयर लगानीकर्ताहरुले सामाजिक संजाल तथा पब्लिक फोरम मार्फत आक्रोस छताछुल्ल पोख्न थालेका छन् । गभर्नर अधिकारीले ल्याएको कसिलो मौद्रिक नीतिका कारण सेयर बजार धरासायी भएको आरोप लगाउँदै उनीहरुले यस्तो असन्तुष्टी पोखेको बताँएका छन् । यसरी सामाजिक संजालमा लेख्नेमा सेयर बजारका चर्चित अनुहारहरु समेत छन् ।

 विशेष गरेर सहज अवस्थामा पनि चाहिनेभन्दा बढी कसिलो नीति गभर्नर अधिकारीले लिएको उनीहरुको आरोप छ । गभर्नर अधिकारीले लिएका कतिपय नीति पूर्वाग्राहि भएको समेत उनीहरुले भन्दै आएका छन् ।

यसै सन्दर्भमा सेयर लगानीकर्ता तथा पूँजीबजार सुधार तथा विस्तार अभियानका अभियन्ता तिलक कोइरालाले आफ्नो फेसबुक स्टाटसमा, यसपल्ट (मौद्रिक समिक्षामा) सबै ढोका खोलिएन भने गभर्नरलाई घेर्न जाने लेखेका छन् । कोइरालाले उक्त स्टाटस मंसिर १७ गते आइतवार लेखेका हुन् । उनी पूँजीबजारको विकास, विस्तार तथा लगानीकर्ताको हक हितको लागि पटक पटक आन्दोलन तथा अनसन बस्दै आएका लगानीकर्ता हुन् । 

अर्का चर्चित लगानीकर्ता उपेन्द्र पाठकले ‘एम अधिकारीको कार्यालयमा जाने र आउने गौडाँमा कालोमोसो र भाटा लिएर तयारी अवस्थामा बस्ने हैन त,’ भन्दै लेखेका छन् । उनी स्वतन्त्र पूँजीबजार सुधार संघका संरक्षक समेत हुन् । मंसिर १८ गते सोमवार फेसबुकमा उक्त स्टाटस लेख्दै उनी गभर्नरप्रति रुष्ट भएको देखिन्छ । 

गभर्नर अधिकारीप्रति पब्लिक फोरमहरुमा समेत छताछुल्ल आक्रोस सुन्न थालिएको छ । राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण नेपालको सेयर बजार बढ्न नसकेको पब्लिक फोरम क्लब हाउसमा बोल्ने लगानीकर्ताहरु बताउँछन् । एक क्लब हाउसमा विबेक रिमाल नामका एक सेयर लगानीकर्ताले भने, ‘कोभिड र रसिया युक्रेन युद्धको असर त भारतमा पनि थियो, तर त्यहाँका सरकार तथा गभर्नरले न भारतको अर्थतन्त्र विग्रन दिए, न त सेयर बजार नै तल झर्यो ।’

नेपालका गभर्नरको खराब सोचका कारण सेयर बजार घटेको उनी आरोप लगाउँदै बोलिरहेका थिए । मनमिल्ने साथीहरु बिच दैनिक प्राइभेट क्लब हाउसमा कुरा गर्ने गरेको बताउँदै दुर्गा भण्डारी नामकी महिला लगानीकर्ताले भनिन्, गभर्नर अधिकारीले भारतमा सेयर धितो कर्जा १० लाख मात्र छ भन्छन्, नेपालमा सेयर धितो कर्जाको सिमा धेरै रहेको नजिर देखाउँछन, तर भारतको सेयर बजार अल टाइम हाईमा पुगेको चाँहि किन नदेखेका होलान ? भन्दै गभर्नरलाई प्रश्न गरिन् । 

अर्का क्लब हाउसमा बोल्ने लगानीकर्ता प्रमोद लामिछानेले प्रधानमन्त्री स्वयम्ले गभर्नरलाई अर्थतन्त्र सुधारका लागि केहि प्रस्ताव तथा निर्दैशन दिईसकेकाले मौद्रिक समिक्षा खुकुलो आउनेमा आफु विस्वस्र्थ रहेको बताउँदै थिए । 

सेयर लगानीकर्ताको एक भेलामा सरोज लामिछाने नामका एक लगानीकर्ता भने, ‘के राष्ट्र बैंक गभर्नरको निजी पेवा घर हो र ? भन्दै आर्थिक पत्रकार समाजको कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक समिक्षा नल्याए पनि हुन्छ भन्दै बोलेको अभिव्यक्तिप्रति आक्रोस पोखे । उनले गभर्नर अधिकारीलाई कसैको निर्दैशनमा नचल्न चुनौति दिँदै हद पार गरे राष्ट्र घेर्दै गभर्नरलाई पदच्युत गराउने सम्मको आन्दोलनमा उत्रिन बाध्य नपार्न चेतावनी दिए । उक्त कार्यक्रममा अर्का लगानीकर्ता राजु श्रेष्ठले गभर्नरका नीतिका कारण ठुला लगानीकर्ता सेयर बजारका प्रवेश गर्न नसकेको बताए । उनले एक व्यक्तिको कारण ६० लाख लगानीकर्ताको लगानी धरासायी भएकाले अब चुप लागेर बस्न नसकिने बताए । उनले मौद्रिक समिक्षासम्म आफुहरुले कुर्ने, त्यसपछि पनि केहि खुकुलो नीति नल्याए गभर्नर बर्खास्तीको आन्दोलन शुरु गर्ने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको