Like us!
Follow us!
Connect us!
Watch us!

'खराब कम्पनीमा लगानी पर्यो भने निस्किन नसकेर प्याकप्याक पर्नुपर्नेछ' (भिडियो)

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ०८ : २१ मा प्रकाशित

बजारमा लामो अनुभव बटुलेका लगानीकर्ता तिलक कोइरालाले नयाँ लगानीकर्तालाई बजारको बारेमा जानकारी नलिकन र आफ्नो रणनीति नबनाइकन बजारमा प्रवेश नगर्न सुझाव दिएका छन्।

अर्थ संसारको नियमित कार्यक्रम लगानीकर्ताको आवाजमा बोल्दै उनले निर्णय क्षमता र जोखिम बढ्ने क्षमता नबनाइकन अरुको लैलैमा पुँजी बजारमा नआउन आग्रह गरे। उनले भने ,'यो ठाउँमा कमाउनेभन्दा गुमाउने संख्या धेरै छन्।'

'तर सबै तयारी गरेर बजार प्रवेश गर्न लाग्नुभएको छ भने चाहिँ बजार प्रवेश गर्न ढिलो हुन लागि सक्यो। नेप्से परिसूचक करेक्सन होला, कुनै कम्पनीको मूल्य धेरै घट्देला भनेर कुर्नुभयो भने त्यो अवसर नआउन पनि सक्छ वा नेप्से सूचक घटे पनि तपाईँले किन्नुभएको कम्पनीको मूल्य नघट्न सक्छ।' उनले भने। 

यसका साथै उनले भने खराब कम्पनीमा लगानी पर्यो भने त्यो लगानी कहिले पनि नउठ्न सक्ने गरी डुब्न खतरा पनि छ। बजारमा कैयौँ खराब कम्पनीका मूल्य अहिले निकै उचालिसकेका छन्। उनले भने ,'त्यस्ता कम्पनीमा तपाईँ फस्नुभयो भने प्याकप्याक भएर,निस्किन नसकेर,नमिठो स्वाद लिएर, अङ्गुर अमिलो रहेछ भनेर, तपाईँ बाहिरिनुपर्ने अवस्था आउँछ, त्यसैले राम्रो कम्पनी हेर्नुहोस, नेप्से सूचक होइन।

पुरा कार्यक्रम हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको