Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारमा ठुलो पुँजी भएका लगानीकर्ताकै शासन चल्छ - तिलक कोइराला

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १४ : ५५ मा प्रकाशित

पुँजी बजारमा ठुलो पुँजी भएका लगानीकर्ताकै शासन चल्छ -  तिलक कोइराला

सेयर लगानीकर्ता तिलक कोइरालाले पुँजी बजारमा पैसा भएका लगानीकर्ताहरूले  शासन गर्ने बताएका छन्। अर्थ संसारसँगको कुराकानीमा उनले ठूला लगानीकर्ताले बजारलाई प्रभाव पार्ने र आफ्ना रणनीतिअनुसार चलाउने बताए।

कोइरालाका अनुसार, साना लगानीकर्ताहरूले सजग भई सोच-विचार गरेर मात्र लगानी गर्नुपर्ने आवश्यकता अझ बढी रहेको छ।

उनले समुद्रमा ठूला माछाले साना माछा खाने उदाहरण दिँदै सेयर बजारमा पनि यस्तै अवस्था हुने उल्लेख गरे। जुनसुकै क्षेत्रमा पनि सानाले ठूलालाई हेप्ने कुरा सामान्य भएको उनको भनाइ छ । पुँजी बजार जोखिमयुक्त क्षेत्र भएकोले यहाँ लगानी गर्नु अगाडि दीर्घकालीन सोच, बजारको अध्ययन, कम्पनीको वित्तीय स्थिति, र समग्र आर्थिक परिप्रेक्ष्यको राम्रो अवलोकन आवश्यक रहेको कोइरालाको भनाइ छ। 

उनले भने, 'समुद्रमा ठूला माछाले साना माछा खान्छ, सेयर बजारमा पनि ठूला लगानीकर्ताले आफ्नो पूँजीको बलमा बजारलाई प्रभाव पार्छन्। बजार जोखिमयुक्त छ, त्यसैले साना लगानीकर्ताले रणनीति बनाइ लगानी गर्नुपर्छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको