Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार

सोमबार, १४ असार २०७८, ०९ : २७ मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा आवेदन दिने अन्तिम दिन आज

एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ मा आवेदन दिने अन्तिम दिन आज (असार १४ गते) रहेको छ। 

फण्डले असार १० गते बिहिबारबाट बिक्रि खुल्ला गरेको उक्त इकाईमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो ।

दाेस्राे बजारबाट भन्दा हामी बढी प्रतिफल दिनेछाैँ : मनिष घिमिरे

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।


लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको