Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फण्डको न्याभ बढ्यो, सेयरमा लगानी कति ?

अर्थ संसार

सोमबार, १४ असार २०७८, १२ : ०५ मा प्रकाशित

नबिल ब्यालेन्सड् फण्डको न्याभ बढ्यो, सेयरमा लगानी कति ?

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले २०७८ साल जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ १७ पैसा पुर्याएकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा १ रुपैयाँ ९१ पैसाले धेरै हाे । वैशाख  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ २६ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ५१ करोड ८ लाख १० हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ३९ करोड ६७ लाख ६० हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, नबिल ब्यालेन्सड् फण्डले विभिन्न प्रकारका ८७ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d96bcbe0a54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको