Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फन्ड–२ काे ८७ कम्पनीको सेयरमा लगानी, न्याभ कति ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १३ : २९ मा प्रकाशित

नबिल ब्यालेन्सड् फन्ड–२ काे ८७ कम्पनीको सेयरमा लगानी, न्याभ कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड - २ ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ)  १३ रुपैयाँ ९३ पैसामा झरेकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १६ पैसाले घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ०९ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि १ अर्ब २० करोड ८३ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २१ करोड ६६ लाख ८२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल ब्यालेन्सड् फन्ड–२ ले विभिन्न प्रकारका ८७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फण्डकाे बैंक मौज्दात १२ करोड ८१ लाख रूपैयाँ पुगेकाे छ । 

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6217390c9100c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको