Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फन्ड–२ काे न्याभसँगै घट्याे सेयर लगानी, अन्य अवस्था कस्ताे ?

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १४ : ०१ मा प्रकाशित

नबिल ब्यालेन्सड् फन्ड–२ काे न्याभसँगै घट्याे सेयर लगानी, अन्य अवस्था कस्ताे ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड - २ ले २०७९ साल असाेज मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असाेज मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेर १० रुपैयाँ १० पैसामा सिमित भएकाे छ । उक्त मूल्य भदाै मसान्तकाे तुलनामा २६ पैसाले थाेरै हाे । भदाै मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३६ पैसा रहेकाे थियो ।

त्यसैगरी, असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर ८० करोड २७ लाख २८ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी भदाै मसान्तकाे तुलनामा घटेकाे हाे । भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८२ करोड ४५ लाख ७९ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डकाे बैंक माैज्दात पनि घटेर ११ कराेड ५ लाख ३६ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे मसान्तमा फण्डकाे बैंक माैज्दात ११ कराेड ३८ लाख ४० हजार रूपैयाँ रहेकाे थियाे । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6360d7e4c84ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको