Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फन्ड–२ काे ८५ कम्पनीको सेयरमा लगानी, न्याभ कति ?

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १३ : २९ मा प्रकाशित

नबिल ब्यालेन्सड् फन्ड–२ काे ८५ कम्पनीको सेयरमा लगानी, न्याभ कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड - २ ले २०७८ साल भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भदाै मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रुपैयाँ ४७ पैसामा झरेकाे छ । उक्त मूल्य साउन  मसान्तकाे तुलनामा १ रुपैयाँ ४ पैसाले घटेकाे हाे । साउन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ८७ पैसा रहेकाे थियो ।

त्यसैगरी, भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि १ अर्ब २९ करोड ७८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी १७ करोड ३१ लाख रुपैयाँले थाेरै हाे । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ४७ करोड ९ लाख ५३ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, नबिल ब्यालेन्सड् फन्ड–२ ले विभिन्न प्रकारका ८५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात भने बढेर ४१ करोड १० लाख रूपैयाँ पुगेकाे छ । साउन मसान्तसम्म फण्डकाे बैंक माैज्दात १९ करोड ९२ लाख ४८ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61556edf648c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको