Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फन्ड–२ काे सेयर लगानी घट्याे, न्याभ कति ?

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १३ : १८ मा प्रकाशित

नबिल ब्यालेन्सड् फन्ड–२ काे सेयर लगानी घट्याे, न्याभ कति ?

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फन्ड–२ ले २०८० साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेर ९ रुपैयाँ ४४ पैसामा सिमित भएकाे छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ३८ पैसाले थाेरै हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८२ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ७८ करोड १२ लाख ७१ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८१ करोड ३३ लाख ३१ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको