Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, १० असोज २०७८, १० : ०१ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ काे लाभांश सुरक्षित गर्ने आज (असाेज १० गते, आईतबार) अन्तिम दिन रहेको छ  ।

दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि भोलि असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले,  आज (असाेज १० गते, आईतबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको