Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकले फेरि ल्यायो ४ कम्पनीको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १० : ५३ मा प्रकाशित

एनआइसी एशिया बैंकले फेरि ल्यायो ४ कम्पनीको सेयर लिलामीमा, मूल्य कति ?

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ४ कम्पनीको संस्थापक सेयर आज (असार १५ गते)बाट लिलामीमा राखेको छ।  यसअघि कैंयौपटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले आरएमडीसी लघुवित्त, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर फेरी लिलामीमा राखेको हो ।

जसमा आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९, नेशनल लाइफको २५ हजार ९९६ र महुली लघुवित्तको ५५ हजार ७० कित्ता संस्थापक सेयर रहेको छ । 

आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ४१ रुपैयाँ तोकिएको छ। त्यसैगरी, क्रमशः  नागरिक लगानी कोषको १ हजार २०० रुपैयाँ, नेशनल लाइफको ४१० रुपैयाँ र महुलीको ७३० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले आरएमडीसी लघुवित्त, नागरिक लगानी कोष र नेशनल लाइफको कम्तीमा १०० कित्ता र महुलीमा कम्तीमा ५०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन पेस गर्न सक्नेछन्।

महुलीको संस्थापक सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलमा बोलपत्र पेस गर्नुपर्नेछ। नागरिक लगानी कोष र नेसनल लाइफका लागि भने एनआईसी एसिया क्यापिटलका साथै काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा बोलपत्र पेस गर्न सकिनेछ।

यी ४ कम्पनीको सेयरमा आजदेखि असार २१ गते बैंकिङ समयसम्मबोलपत्र पेश गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको