Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

विहीबार, १७ असार २०७८, १२ : ०० मा प्रकाशित

लक्ष्मी बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १५ गते, मंगलबार सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत तवरमा अन्य संघ तथा संस्थाहरूलाई बिक्री गर्नेछ । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । 

60dd5f7ad6adc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको