Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, ०८ : ३० मा प्रकाशित

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी सेयर भर्ने आज (असार १८ गते, शुक्रबार) अन्तिम दिन रहेको छ  । क्यापिटलले असार ११ गतेदेखि लिलामीमा ल्याएको ४ कम्पनीको ५ लाख ३० हजार कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा ल्याएको हो । 

जसमध्ये प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैकको १ लाख ७० हजार कित्ता रहेको छ ।

उक्त सेयर खरीद गर्नका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्न्ेछन् । प्रभु बैंकको सेयरको न्यूनतम मूल्य २ सय २५ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ५ सय रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको ६ सय रुपैयाँ र प्राइम कमर्सिलय बैंकको २ सय ५० रुपैयाँ तोकिएको छ । आवेदकले बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

सबै कम्पनीको सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको