Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १० : ४७ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयर भर्ने आज अन्तिम मौका

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू असार ११ गतेबाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको थियाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक हजार २ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्युनतम एक सय कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त सेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले आजसम्म बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60de9fff35469.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको