Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १३ : १८ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) कहिले बाँडफाँड हाेला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । त्यसैले आज हामी सोही विषयमा कुरा गर्नेछौँ ।

संस्थाकाे आईपीओ अर्काे साता बाँडफाँड गरिने भएकाे छ । धमाधम आईपीओहरू निष्कासन भइरहेका कारण सकभर छिट्टै बाँडफाँड गर्न लागिएकाे एक स्राेतले अर्थ संसारडटकमलाई जानकारी दिएका छन् । हाल संस्थाकाे आईपीओकाे डाटा भेरिफिकेसनकाे काम चलिरहेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा  १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाउनेछन् । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुने निश्चित छ  । 

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको