Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, ९ प्रतिशत बोनस पारित

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १७ : ५२ मा प्रकाशित

नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, ९ प्रतिशत बोनस पारित

नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा आज सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

त्यसैगरी आ.ब २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो ।

कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चअल संचालन गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थितीबारे जानकारी दिएका थिए । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले रु.१ खर्ब ७२ अर्ब रकम संकलन र रु.१ खर्ब ७१ अर्ब ९७ करोड लगानी गरेको छ । यस आर्थिक वर्षमा कोषको पूँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् । 

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आवद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम  शुरु गरीसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।  

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको