Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र सापटी लेनदेन कसरी गर्ने? नेप्सेको उपसमितिले दियो सुझाव

नेप्से

शुक्रबार, १८ असार २०७८, २० : ५३ मा प्रकाशित

धितोपत्र सापटी लेनदेन कसरी गर्ने? नेप्सेको उपसमितिले दियो सुझाव

नेपाल स्टक एक्स्चेन्जले अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट संचालन गर्ने भएको छ । यसस म्बन्धी नेप्से व्यवस्थापनले गठन गरेको अध्ययन उपसमितिले प्रतिवेदन तयार गरेको हो ।

अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटको अवधारणा, प्रचलित ऐन नियमको समीक्षा, संलग्न संस्थाहरुको भूमिका, कारोबारयोग्य धितोपत्रको छनौट, कारोबारमा संलग्न हुने लगानीकर्ता (कारोबारी), कारोबार व्यवस्थापन, राफसाफ तथा फछ्र्यौट, राफसाफ गृह तथा केन्द्रीय राफसाफ संस्था, धितोपत्र सापटी लेनदेनका लागि अनलाइन प्रणाली, धितोपत्र व्यवसायी–ग्राहक सम्झौता,सञ्चालन जोखिम बजार जोखिम, शुल्क, मार्जिन, दण्ड र जरीवाना, सूचना संकलन र प्रवाह, कारोबारमा आकर्षित हुने कर, लगानीकर्ता प्रशिक्षणको क्षेत्रमा अध्ययन गरेको थियो । 

समितिले धितोपत्र सापटी लिनेदिने प्रक्रियामा सहभागी हुने मध्यस्थकर्ताले नियमक निकायबाट अनुमति लिनुपर्ने भनेको छ । त्यस्तै दाता र मध्यस्थकर्ताबीच सम्झौता हुनुपर्ने । मध्यस्थकर्ताले धितोपत्र निक्षेप गरेको निस्सा दातालाई दिनुपर्ने र मध्यस्थकर्ता दाताको ट्रस्टी हुने । मध्यस्थकर्ताले सम्झौतामा तोकिए अनुसार निक्षेप गरिएको धितोपत्र र त्यसबाट प्राप्त लाभ फिर्ता गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने प्रतिवेदन दिएको छ ।

समितिले सापटी लिने कारोबारी र मध्यस्थकर्ताबीच सापटी लिने अवधि, धितोपत्रको किसिम, शुल्क, जरीवाना, सापटी लिनका लागि राखिएको धितो, विवाद समाधान लगायतका विषय खुलाई सम्झौता हुनुपर्ने, लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारणसभामा भाग लिने, सञ्चालक चुन्ने र सञ्चालक चुनिने अधिकार दातामा रहने, सापटी लिनेदिने कार्यमा संलग्न हुन पाउने कारोबारीको योग्यता तथा सापटी लिनदिन सकिने धितोपत्र नियमक निकायले तोक्ने, सापटी लिनेदिने कार्यमा मार्जिनको व्यवस्था गर्नु पर्ने, धितोपत्र सापटी लिनेदिने कार्यमा सापटी दिनेले फिर्ता लिने र सापटी लिनेले धितोपत्र अग्रिम भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने, सापटी लिने वा दिनेले कतिसम्म सापटी लिन वा दिन सक्ने हो भन्ने व्यवस्था गर्नु पर्ने,सापटी लिने वा दिनेले दायित्व पूरा नगरेको अवस्थामा सोलाई समाधान गर्ने व्यवस्था गर्नु पर्ने समितिले औंल्याएको छ ।

मध्यस्थकर्ताले सर्ट सेलिङ, सापटी लिएको÷दिएको विवरण दैनिक रुपमा स्टक एक्सचेन्ज÷केन्द्रीय राफसाफ गृहमा पठाउने, धितोपत्र सापटी लिनेदिने कार्यका लागि केन्द्रीय राफसाफ गृहले संयन्त्र उपलब्ध गराउने प्रतिवेदनमा उल्लेख छ । 

उल्लिखित व्यवस्थाहरु धितोपत्र सापटी लिनेदिने संयन्त्रका प्रमुख विशेषता हुन । यसबाहेक नेपालको परिवेश अनुकुल हुने गरी यसमा थप व्यवस्थाहरु गर्न सकिने समितिको ठहर छ । अन्य सम्पत्ति जस्तै धितोपत्र पनि सापटी लिनेदिने कार्यबाट लिनेदिने दुवै पक्ष लाभान्वित हुन सक्छन् । सामान्यतया निष्क्रिय रहने धितोपत्रको सापटी लिनेदिने व्यवस्थाले धितोपत्र बजारमा तरलता सिर्जना गर्नुका साथै बजारको दक्षता अभिवृद्धि गर्छ ।

यसैगरी यो प्रक्रियामा धितोपत्र सापटी दिनेले सापटी दिएबापत निश्चित शुल्क ९ब्याज० प्राप्त गर्ने भएकाले सापटी प्रदायक लाभान्वित हुने अध्ययन समितिको ठहर छ । 


समितिको प्रतिवेदन अनुसार विकसित बजारमा धितोपत्र सापटी लिनेदिने कार्य पनि अनलाइन प्रणालीमार्फत हुने गरेको छ । कतिपय मुलुकमा धितोपत्र सापटी लेनदेन कारोबार संयन्त्र स्टक एक्सचेन्जले उपलब्ध गराएका छन् भने कतिपय मुलुकमा केन्द्रीय निक्षेप तथा राफसाफ सेवा प्रदायकले उपलब्ध गराएका छन् । 

धितोपत्र सापटी लेनदेन कार्यमा धितोपत्र माग गर्ने ग्राहकका दुई वटा उद्देश्य हुन्छन् । पहिलो धितोपत्र सापटी लिएर विक्री गर्ने, दोस्रो कारोबार गरिसकेपछि धितोपत्र उपलब्ध गराउन नसक्दा सापटी लिएर पूर्ति गर्ने । धितोपत्र सापटी लिनेदिने व्यवस्थाले राफसाफ तथा फछ्र्यौट कार्यलाई थप सहज बनाउँछ भन्ने अध्ययनको निष्कर्ष छ ।

दोस्रो बजार कारोबारमा लगानीकर्ताले आफुसँग नभएको धितोपत्र सापटी लिएर महँगोमा विक्री गर्ने र भविष्यमा सस्तो मूल्यमा खरिद गरी दातालाई फिर्ता गर्ने गर्छन् । यो संयन्त्रमा धितोपत्र सापटी लिन वा दिन सक्ने पक्ष नियमक निकायले कानुन तर्जुमा गरी तोकिदिएको हुन्छ । यसैगरी तोकिएको शर्तमा धितोपत्र सापटी लिने दिने कार्य सम्पन्न हुन्छ भन्ने सुनिश्चितता केन्द्रीय राफसाफ गृहले गर्छ । धितोपत्र सापटी लेनदेनको शुल्क, धितो, समय, धितोपत्रधनीको अधिकार आदि नियमक निकायबाट स्वीकृत ढाँचाको सम्झौतापत्रमा उल्लेख भएको हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको