Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको दबाबपछि १५ मिनेटको औसत गणना विधि स्थगित

अर्थ संसार

शनिबार, ०४ असोज २०८२, १४ : ३२ मा प्रकाशित

लगानीकर्ताको दबाबपछि १५ मिनेटको औसत गणना विधि स्थगित

धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू गरिएको १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था तत्काल स्थगित गर्ने निर्णय गरेको छ।

बोर्डमा शुक्रबार बसेको आकस्मिक बैठकले लामो समयदेखि आलोचित हुँदै आएको उक्त प्रणालीलाई आइतबारदेखि कार्यान्वयन नगर्ने ठहर गरेको हो। अबदेखि अघिकै अभ्यासअनुसार अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिनेछ।

लगानीकर्ताहरू बिहानैदेखि सेबोन परिसरमा जम्मा भएर निर्णय फिर्ता गराउन दबाब दिइरहेका थिए। चर्को विरोध र नाराबाजीका बीच भएको बैठकले अन्ततः लगानीकर्ताको माग स्वीकृत गरेको हो।

अर्थमन्त्री रामेश्वर खनालले एक दिनअघि नै सेबोनलाई विवादास्पद प्रावधान खारेज गर्न निर्देशन दिएका थिए। सो निर्देशनले आजको निर्णयलाई सहज बनाएको विश्लेषण गरिएको छ।

लगानीकर्ताको असन्तुष्टि पछिल्ला दिनमा बढ्दै गएको छ। जेन–जी आन्दोलनपछिको बजार नकरात्मक सर्किटपछि उनीहरू बजार सुधारका ठोस पहलको खोजीमा छन्। त्यसकै निरन्तरतामा असोज ४ गते दिउँसो २ बजे कमलपोखरीमा पाँचवटा लगानीकर्ता संघको पहलमा भेला आयोजना गरिँदैछ। भेलामा बजारका चुनौती, सुधारका सम्भावना र आगामी रणनीतिबारे छलफल हुनेछ।

यता, अर्थ मन्त्रालयले पनि बजार सुधारतर्फ सक्रियता बढाएको छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरी पाँच दिनभित्र सुधार कार्ययोजना ल्याउन निर्देशन दिइएको छ।

१५ मिनेटको औसत मूल्य गणना प्रणाली हटेसँगै लगानीकर्ताले तत्काल राहत पाउने देखिए पनि बजारको दिगो सुधारका लागि नियामक, नीति निर्मातादेखि निजी क्षेत्रसम्म सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता अझै कायम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको