Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको साधारण सभा सोमबार हुँदै, कुनको के एजेन्डा ?

अर्थ संसार

आइतबार, २० असार २०७८, १६ : २१ मा प्रकाशित

३ कम्पनीको साधारण सभा सोमबार हुँदै, कुनको के एजेन्डा ?

विभिन्न ३ वटा कम्पनीकाे साधारण सभा भाेलि (असार २१ गते, साेमबार) हुँदैछ । जसमध्ये, एक कम्पनीकाे विशेष साधारण सभा र २ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुन लागेकाे हाे । 

१. नेपाल एग्राे लघुवित्त वित्तीय संस्था लिमिटेड 

नेपाल एग्राे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचाै वार्षिक साधारण सभा भाेलि (असार २१ गते, साेमबार) सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा ९ बजेदेखि सुरू हुनेछ । 

सभामा हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।

सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त भएकाे प्राप्ती हुने संस्थाकाे चल अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन (Due Deligence Audit DDA) समेतकाे आधारमा मर्जर समितिबाट निर्धारण गरिएकाे सेयर आदान प्रदान अनुपात एक बराबर शून्य दशमलव अन्ठानब्बे (१ः०.९८) पारित गरी मर्जरलाई स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा हालसम्म भएका सम्झौता र कार्यहरु अनुमोदन गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ । नियामक निकाय थप संशोधन गर्न निर्देशन दिए सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ ।

२. जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड 

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा पनि भाेलि (असार २१ गते, साेमबार) कम्पनीकाे केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ। कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।  

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बन्द गरिएको थियाे । त्यसैले उक्त मितिसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

३. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा पनि भाेलि  (असार २१ गते, साेमबार) नै हुँदैछ । उक्त सभा संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट, नवलपुरबाट बिहान ९ बजेदेखि भर्चुअल माध्यमार्फत् सुरू हुनेछ ।

सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा नेपाल एग्रोको १०० कित्तालाई इन्फीनिटी लघुवित्तले ९८ कित्ता सेयर दिने र नेपाल एग्रोलाई प्राप्ति गर्न स्वीकृति प्रदान गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि संस्थाले असार ८ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनी मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको