Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीको उद्घाटन सोमबार हुँदै

अर्थ संसार

आइतबार, २० असार २०७८, १७ : २९ मा प्रकाशित

अप्पर तामाकोशीको उद्घाटन सोमबार हुँदै

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन भाेलि (असार २१ गते, साेमबार) हुने भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट भोली ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने भएका हुन् । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेका थिए ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट पहिलो युनिटको उत्पादन प्रसारण लाइनमा जोडिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश : विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ । 

याे पनि :

अपर तामाकोशी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट बिजुली

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको