Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ गतेबाट

अर्थ संसार

सोमबार, २१ असार २०७८, १० : ४४ मा प्रकाशित

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ गतेबाट

मर्जर प्रक्रियामा रहेका दुई फाइनान्स कम्पनी नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिपश्चात एकीकृत कारोबार सुरु गर्न लागेको हो । प्राप्तिपश्चात यी दूई कम्पनीको एकीकृत कारोबार नेपाल फाइनान्सको नामबाट हुनेछ । 

नेपाल फाइनान्सले १ः१ को स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो । एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै फाइनान्स कम्पनीको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ र २६ गते फाइनान्स कम्पनीको सेवा बन्द हुने जनाएको छ । 

दुवै कम्पनीको जेठ २८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते प्राप्ति सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको