Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल फाइनान्सको नाफामा भारी गिरावट,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १० : २९ मा प्रकाशित

इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल फाइनान्सको नाफामा भारी गिरावट,प्रतिसेयर आम्दानी कति ?

नेपाल फाइनान्स लिमिटेडले खुद नाफा घटेको देखिएको छ ।

फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ८७ प्रतिशतले घटेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म खुद १ करोड ३ लाख ३४ हजार नाफा कमाएकोमा यो वर्ष सोही अवधिमा जम्मा १३ लाख १८ हजार कमाएको छ । कम्पनीको ब्याज आम्दानी बढ्दा पनि इम्पेरिमेन्ट चार्ज ह्वात्तै बढेपछि नाफामा भारी गिरावट देखिएको हो ।

७२ करोड ९४ लाख रुपियाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २५ करोड ४० लाख रुपियाँ सञ्चित छ । 

तेस्रो त्रैमाससम्ममा फाइनान्सले २ अर्ब २४ करोड रुपियाँ निक्षेपबाट एक अर्ब ७३ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ५७.८९ प्रतिशतले बढेको छ । साथै, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८२.२३ प्रतिशतले घटेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १.६५ रुपियाँ घटेर २४ पैसामा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा र प्रतिशेयर नेटवर्थ १३४.८३ रुपियाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको