Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्स २ करोड ४० लाख घाटामा,यस्ता देखिए अन्य सूचकहरु

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १३ : ३४ मा प्रकाशित

नेपाल फाइनान्स २ करोड ४० लाख घाटामा,यस्ता देखिए अन्य सूचकहरु

नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनी घाटामा रहेको देखिएको छ ।

२ करोड ४० लाख  घाटा

नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी २ करोड २ लाख घाटमा थियो । 

खुद ब्याज आम्दानी बढ्यो 

पहिलो त्रैमाससम्म यसको खुद ब्याज आम्दानी ९०.०६ प्रतिशतले बढेर २ करोड ९० लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी १ करोड ५२ लाख थियो । 

इम्पेयरमेन्ट चार्जमा १९४ प्रतिशतको बृद्धी

 समिक्षा अवधीसम्म यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज १९४ प्रतिशत बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । 

वितरणयोग्य नाफा ऋणात्मक

कम्पनीको वितरणयोग्य नाफा २५ करोड ऋणात्मक छ ।

चुक्ता पुँजी/जगेडा कोष

चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा ४६ करोड १३ लाख रुपैयाँ जम्मा रहेको छ । 

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

यसको इपीएस ३.२९ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ १३५.८६ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको