नेपाल फाइनान्सले आफ्नो ३२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यही माघ ८ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा गर्न लागेको हो ।
सभा बिहान ८ बजेबाट सुरु हुनेछ।
सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने ढोका खुला गर्नेछ। मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले आनुमोदन गर्नेछ।
सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। गत आर्थिक वर्षका लागि भने कम्पनीले कुनै पनि प्रकारको लाभांश प्रस्ताव सभाले लगेको छैन। यसको अर्थ शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि लाभांश पाउने छैनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस