Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको नाफा १० प्रतिशतले ले घट्यो, यस्ता छन् अन्य प्रमुख सुचकहरु

अर्थ संसार

आइतबार, २० साउन २०८१, १० : २८ मा प्रकाशित

नेपाल फाइनान्सको नाफा १० प्रतिशतले ले घट्यो, यस्ता छन् अन्य प्रमुख सुचकहरु

नेपाल फाइनान्स लिमिटेडले  गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ  । विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। 
खुद नाफा

गत आर्थिक वर्षमा फाइनान्स खुद नाफा १० प्रतिशत घटेको छ फाइनान्सले चौथो त्रैमाससम्ममा १ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी
गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
वितरणयोग्य नाफा 
गत वर्ष फाइनान्सको वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ ।

इम्पेयरमेन्ट चार्ज 
गत असारसम्म फाइनान्सको इम्पेयरमेन्ट चार्ज ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।  यस्तो चार्ज अघिल्लो वर्ष २ करोड ५० लाख ३९ हजार रुपैयाँ रिभर्स रहेको थियो ।

चुक्ता पुँजी
समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ र जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी
नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी घटेर २.४८ रुपैयाँमा सीमित छ । 

प्रतिसेयर नेटवर्थ 
फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ ।

मूल्य आम्दानी अनुपात 
समीक्षा अवधिमा फाइनान्सको मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ । अघिल्लो वर्ष १२.१६ प्रतिशत रहेकोमा घटेर ९.११ प्रतिशतमा झारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको