Like us!
Follow us!
Connect us!
Watch us!

मध्यावधि र्निवाचनको कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता असोज २० र ३१ मा

अर्थ संसार

सोमबार, २१ असार २०७८, १३ : ५४ मा प्रकाशित

मध्यावधि र्निवाचनको कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता असोज २० र ३१ मा

र्निवाचन आयोगले मध्यावधि र्निवाचन २०७८ को कार्यतालिका निष्काशन गरेको छ । यता प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई पनि अन्तिम अन्तिम चरणमा पुगेको छ ।  

आयोगको कार्यतालिका अनुसार पहिलो चरणमा र्निवाचन हुने र्निवाचन क्षेत्रहरुमा असोज २० गते र दोस्रो चरणमा र्निवाचन हुने र्निवाचन क्षेत्रहरुमा असोज ३० गते उम्मेदवारी मनोनयन गर्ने जनाइएको छ । सरकारले पहिलो चरणको र्निवाचन कार्तिक २६ र दोस्रो चरणको र्निवाचन मंशिर ३ गतेका लागि तय गरेको थियो । 

त्यस्तै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने आयोगले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको