Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा सदस्य निर्वाचन : सकियो समानुपातिकतर्फको मतगणना

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १३ : १७ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : सकियो समानुपातिकतर्फको मतगणना

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।

गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फका सबै मतको गणना पनि पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार मतगणना सम्पन्न भए पनि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा विवरण आउने क्रम भने जारी रहेको छ। मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु गरिएको आयोगले जनाएको छ। यो प्रक्रिया केही दिनभित्र टुंगिने बताइएको छ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको