प्रतिनिधि सभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की विजयी भएकी छन्।
निर्वाचन परिणामअनुसार कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई फराकिलो अन्तरले पछि पार्दै जीत हासिल गरेकी हुन्।
उनकी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्। यसैगरी तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत ल्याएका छन्।
कार्कीले प्राप्त गरेको मत परिणाम हेर्दा उनले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै पाँच गुणा बढी मत ल्याएको देखिएको छ।
यसअघि सम्पन्न २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि कार्की यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। लगातार दोस्रोपटक विजय हासिल गरेपछि ललितपुर–३ मा उनको राजनीतिक प्रभाव अझ सुदृढ भएको विश्लेषण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस