Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपीओलाई रेटिङ कति ?

अर्थ संसार

विहीबार, २४ असार २०७८, १५ : ५० मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपीओलाई रेटिङ कति ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न गरेको छ ।

संस्थाकाे एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको तथा कम्पनीकाे आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

मिर्मिरे लघुवित्तको बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

संस्थाले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हाे । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

संस्थाकाे चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

मिर्मिरे लघुवित्तको लाभांश इतिहास : सेयरधनी मालामाल !

संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेकाे हाे ।

मिर्मिरे लघुवित्तको एफपीओ प्रस्ताव पारित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको