Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपीओ प्रस्ताव पारित

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, ११ : ११ मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपीओ प्रस्ताव पारित

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा हिजो (चैत १८ गते, बिहिबार) काभ्रेको बनेपास्थित पञ्चकन्या ब्यांक्वेटमा सम्पन्न  भएको हो । 

सभाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

सभाले संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले साविक नागबेली लघुवित्त वित्तीय संस्थाको १ अर्ब २९ करोड ६७ लाख ४९ हजार २७९ रुपैयाँको वासलातसहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्तको २ अर्ब ९२ करोड ४२ लाख २ हजार ८९६ रुपैयाँको वासलातसहितको वित्तीय विवरण पास गरेको छ। मिर्मिरेले साविक नागवेली लघुवित्तलाई गत भदौ ७ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको