Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको लाभांश इतिहास : सेयरधनी मालामाल !

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १३ : ३८ मा प्रकाशित

मिर्मिरे लघुवित्तको लाभांश इतिहास : सेयरधनी मालामाल !

आजकाल लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ६ सय ६ रूपैयाँ रहेकाे छ । तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २९ पैसा रहेको छ ।

संस्थाकाे ५ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ५ वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ५२.६३ प्रतिशत लाभांश (५० प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७७ मा ९.६८२९ प्रतिशत लाभांश (९.२ प्रतिशत बाेनस र ०.४८२९ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

संस्थाकाे सेयरमा ५ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ६ लाख १८ हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड​को ५ वर्षको लाभांश इतिहास :

१.  आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद गरि कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३०.८ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष संस्थाले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.२६ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४५ प्रतिशत बाेनस र २.३६ प्रतिशत नगद गरि कूल ४७.३६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ९.२ प्रतिशत बाेनस र ०.४८२९ प्रतिशत नगद गरि कूल ९.६८२९ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको