Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

शनिबार, २६ असार २०७८, ०८ : ३२ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न ९ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार 
८ वटा कम्पनीकाे बाेनस सेयर र एउटा कम्पनीकाे प्राप्ति हुँदाकाे सेयर यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९.१९९८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगद गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे संस्थाकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हाे । 

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र २३ गते, साेमबार लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे साेर्हाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको  २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश फागुन २५ गते, सम्पन्न भएकाे संस्थाको २२औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२.३९ प्रतिशत बाेनस बापतकाे ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२.३९ प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा सम्पन्न भएकाे बार्हाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा सम्पन्न भएकाे संस्थाकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज  गरेको थियाे । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस बापतकाे ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता सेयर सूचीकृत भएकाे हाे ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र ५ गते क्रिक रिसोर्ट, धादिङवेशी, धादिङमा सम्पन्न भएकाे संस्थाकाे सातौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज  गरेको थियाे । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३.५ प्रतिशत बाेनस बापतकाे ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश जेठ १० गते, साेमबार कम्पनीकाे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएकाे २६ औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको