Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतकाे बोनस र हकप्रद साधारण सभाबाट पारित, लगानीकर्तालाई दुवै हातमा लड्डु

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १७ : ०४ मा प्रकाशित

राधी विद्युतकाे बोनस र हकप्रद साधारण सभाबाट पारित, लगानीकर्तालाई दुवै हातमा लड्डु

राधी विद्युत कम्पनी लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज (असार २९ गते, मंगलबार) सम्पन्न भएकाे छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसैगरी, सभामा कम्पनीकाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

कम्पनीकाे नियमावली संशाेधन गर्ने प्रस्ताव पनि सभामा पारित भएकाे छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको