प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो।
कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी ५१स्४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । यसको लागि प्रबन्धपत्र नियमावलीमा पनि संशोधन गरिएको र बीमा समितिबाट स्वीकृति प्राप्त भईसकेको छ ।
सेयर स्वामित्व परिमार्जन गर्ने क्रममा बाँकी रहने संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गरिने जनाएको छ। सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस