Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ३ कम्पनीको लिलामी सेयर भर्ने अन्तिम दिन आज

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ०८ : १० मा प्रकाशित

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ३ कम्पनीको लिलामी सेयर भर्ने अन्तिम दिन आज

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको लिलामी सेयरमा भर्ने आज (असार ३१ गते, बिहीवार) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको ४ लाख ८४ हजार ३ सय ३३ कित्ता लिलामी सेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।

जसमध्ये आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता रहेको छ । 

उक्त सेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ, महुलीको ७५२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

३ वटै कम्पनीको सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको