Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १० : ४३ मा प्रकाशित

लक्ष्मी बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म ?

लक्ष्मी बैंक लिमिटेडले असार २८ गते साेमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । उक्त ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । छिटाे अवधिमा पर्याप्त आवेदन नपरेकाे हुनाले ढिलाे अवधिसम्म पुर्याइएकाे हाे ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानीकोषकोसहित सर्वसाधारणमा बिक्री गर्नेछ र १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो । 

बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र खुल्ला गरेकाे हाे । उक्त ऋणपत्रको व्याजदर वार्षिक ८.५% हुनेछ । 

यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ ।  लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60efc23edae83.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको