Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको आईपीओ बाँडफाँड यसै साता हुने

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १२ : ५८ मा प्रकाशित

युनियन लाइफको आईपीओ बाँडफाँड यसै साता हुने

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) कहिले बाँडफाँड हाेला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड यसै साता हुने भएकाे छ ।

आईपीओ बाँडफाँडकाे लागि फाइलहरू नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा पठाइएकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले  अर्थ संसार डटकमलाई जानकारी दिएकाे छ । सेबाेनबाट स्विकृती पाएमा आज प्री-अलोटमेन्ट सम्पन्न गरेर भाेलि (शुक्रबार) बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियाे । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.९१ गुणा बढी आवेदन हो  । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे हाे ।

अहिलेसम्मकाे तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदककाे भने हात खाली हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको