नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ५० अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हाे । जसमध्ये, २०८४ "घ" काे १० अर्ब, २०८३ "ग" काे १० अर्ब, २०८४ "ङ" काे १० अर्ब, २०८५ "घ" काे १० अर्ब र २०८५ "ङ" काे १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस