पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल ९ हजार ६ सय २८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २ सय २३ जना र एन्टिजेन विधिबाट ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सो अवधिमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ९ हजार ५५० जनाको मृत्यु भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस