Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा, असोजदेखि व्यावसायिक विद्युत् उत्पादन

पत्रपत्रिका

मंगलबार, ०५ साउन २०७८, ०८ : ०५ मा प्रकाशित

अप्पर तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा, असोजदेखि व्यावसायिक विद्युत् उत्पादन

अप्पर तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन गरेका थिए ।

माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा   जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको  छ । आयोजनाबाट हाल  परीक्षणका रूपमा पहिलो र दोस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।

आइतबार साँझबाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको हो । “हामीले दोस्रो युनिट पनि चलाउन थालेको  छौँ,”  श्रेष्ठले भने,“परीक्षण उत्पादनका क्रममा कुनै  युनिट केही समय बन्द हुन सक्छन् तर अब  व्यावसायिक उत्पादनको मिति पनि तोकेका छौँ । भदौ अन्तिमदेखि पूूर्ण क्षमतामा उत्पादन थाल्नेछौँ ।” 

आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा युनिट जोडिएका छन् । तीमध्ये चारवटाको अझै परीक्षण उत्पादन गर्न बाँकी छ । परीक्षणका लागि प्राविधिकहरूले काम  गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उनले बताए । श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ ।

पहिलो चार युनिटबाट ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ । यसअनुसार माथिल्लो तामाकोसी    जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन थालनी हुनेछ । सामान्यतः टर्वाइनबाट १५ दिन परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन गर्ने गरिन्छ ।

गोरखमपत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको