Like us!
Follow us!
Connect us!
Watch us!

महासङ्घले गर्याे भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १४ : ३७ मा प्रकाशित

महासङ्घले गर्याे भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेका सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनु पर्नेछ ।

यसअघि पत्रकारहरूले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । – (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको