Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, ०६ : ३८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे खुद नाफा, खुद व्याज आम्दानी र प्रतिसेयर आम्दानीहरू बढेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ७१.०२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५६ करोड ७३ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १.५० प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ६७.७९ प्रतिशतले बढेर एक अर्ब २ कराेड ३४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा ६० कराेड ९९ लाख ४६ हजार रूपैयाँ रहेकाे थियाे ।

यसैगरी, असार मसान्तसम्म बैंकले ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८.८० प्रतिशतले बढेर ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ पुगेकाे छ । बैंककाे जगेडा कोष पनि २६.१३ प्रतिशतले बढेर २ अर्ब १६ कराेड ४१ लाख ४० हजार रुपैयाँ पुगेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ पनि १५६ रूपैयाँ ७८ पैसाबाट बढेर १६४ रूपैयाँ ७५ पैसा पुगेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९८ पैसाले बढेर २१ रूपैयाँ ९३ पैसा रहेकाे छ । बैंकको पीई रेशियो २०.२९ गुणा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे चाैथाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

60f7743668b11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको