Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नत्ती कोषले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, ०७ : १३ मा प्रकाशित

लक्ष्मी उन्नत्ती कोषले तोक्यो बुकक्लोज मिति

लक्ष्मी उन्नत्ती कोषले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ । काेषले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएकाे लक्ष्मी क्यापिटल मार्केट लिमिटेड याेजना व्यवस्थापक रहेकाे लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषकाे हिजाे (श्रावण ५ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

आर्थिक वर्ष २०७७/७८ काे लाभांश घाेषणा गर्ने याे काेष पहिलाे हाे ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f7789a2315a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको