Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, ०८ : १९ मा प्रकाशित

आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

आज कार्तिक १३ गते बिहीबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सेयरधनीहरूले आजसम्म आफ्नो नाममा सेयर कायम गरे मात्र लाभांश पाउने अधिकार प्राप्त गर्नेछन्। यी कम्पनीहरू हुन् — गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंक।


गुराँस लघुवित्त

गुराँस लघुवित्तले कार्तिक २३ गते साधारणसभा आह्वान गरेको छ। उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश, गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।
कम्पनीको हाल चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ। साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कार्तिक १४ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी भई लाभांश पाउने अधिकार पाउनेछन्।


मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसले कुल ८.४२ प्रतिशत लाभांश पुग्नेछ।

कम्पनीको चुक्ता पुँजी हाल ७० करोड रुपैयाँ रहेको छ। साथै, कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि आगामी साधारणसभामा पेस गर्ने तयारी गरेको छ।

मुक्तिनाथले कार्तिक २१ गते साधारणसभा बोलाएको छ र कार्तिक १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म सेयर कायम राख्ने सेयरधनीले मात्र सभामा सहभागी भई प्रस्तावित लाभांश पाउनेछन्।


ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले कार्तिक २६ गते साधारणसभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नाममा सेयर कायम राख्ने सेयरधनीले मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको