Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकका अशोक कुमार बने युरो कपविथ फोन लोन योजनाका बिजेता

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, १४ : ४८ मा प्रकाशित

लक्ष्मी बैंकका अशोक कुमार बने युरो कपविथ फोन लोन योजनाका बिजेता

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको बिजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती बिजेता बनेका छन् । बिजेता खातीले सामसङ्गको ५५" इन्च स्मार्ट टिभी जितेका छन् ।

 ‘युरो कप विथ फोन लोन’ योजना असार १ गतेदेखी २३ गतेसम्म चलेको थियो । यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।  यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ ।

पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिव्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ्ग र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिव्र आकर्षण देखिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको