Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी, मापदण्ड पालना गर्न आग्रह

पत्रपत्रिका

शुक्रबार, ०८ साउन २०७८, ०८ : १३ मा प्रकाशित

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी, मापदण्ड पालना गर्न आग्रह

सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।

विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ । यस्तै, २ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शैय्या र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको