Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफका मालामाल लगानीकर्ताः १०० कित्ता सेयर किनेको १० वर्षमा ३५.६० लाख मूल्य !

अर्थ संसार

आइतबार, १० साउन २०७८, ११ : ३९ मा प्रकाशित

नेपाल लाईफका मालामाल लगानीकर्ताः १०० कित्ता सेयर किनेको १० वर्षमा ३५.६० लाख मूल्य !

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर बजारका ब्लुचिप कम्पनीमध्यमा पर्ने कम्पनी हो । यसले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । कम्पनी प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीका रुपमा बि.स २०५८ साल बैशाख महिनामा स्थापना भएको हो ।

कम्पनीले जर्मनी स्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि–इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा गरेको छ । कम्पनीले आम जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक फरक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ । यस क्षेत्रमा आफ्नो  विशिष्ठ पहिचान स्थापना गर्न कम्पनीले नेपाल लाइफ किनकि जीवन अमूल्य छ... भन्ने ब्राण्डलाई सशक्त बनाउँदै आएको छ । 

कम्पनीको २०२० को तथ्याङ्क अनुसार कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोनश समाबेश नगर्दै कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ५ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनश सेयर र २ अर्ब ४५ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिसकेको छ ।

नेपालमा सञ्चालित कुल १९ वटा जिवन बिमा कम्पनीहरु मध्यमा अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा एनएलआईसी अधिकांश सुचकहरुमा अगाडी देखिएको छ । १९ बिमा कम्पनीहरु मध्यमा चुक्ता पुँजी, खुद मुनाफा, खुद प्रिमियम रकम, रिजर्भ र बिमा कोषमा सबैभन्दा अगाडी एनएलआईसी देखिन्छ । 

कम्पनीको विगत १० बर्षको लाभांश इतिहास हेर्दा यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले आकर्षश मुनाफा हासिल गरेको देखिन्छ । आजभन्दा १० बर्ष अघि कम्पनीको १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर संख्या अहिले बृद्धि भएर अहिले १८०३ कित्ता पुगेको छ । कम्पनीले हालसम्म पनि आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेको भने छैन । 

कम्पनीले यो १० बर्षको अवधिमा सबैभन्दा बढि आर्थिक बर्ष २०६८/६९ मा लाभांश वितरण गरेको देखिन्छ यो बर्ष कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ७० प्रतिशत बोनश सेयर र ५६.३१ प्रतिशत नगद लाभांश गरी कुल १२६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा कम आर्थिक बर्ष २०६७/०६८ मा ७.३७ प्रतिशत बोनश सेयर वितरण गरेको थियो । 

कम्पनीको पछिल्लो १० बर्षको लाभांश इतिहास यस्तो छः 


  

कम्पनीको अघिल्ला २ आर्थिक बर्षको बोनश घोषणा हुन अझै बाँकी नै छ । कम्पनीको सेयरमा १० बर्ष अघि लगानी गर्ने लगगानीकर्ताको सेयरको मूल्य अहिले आजको सेयर मूल्य अनुसार ३५ लाख ६० हजार रुपैयाँ भन्दा माथि पुगिसकेको छ भने यसका लगानीकर्ताहरुले विभिन्न आर्थिक बर्षहरुमा आकर्षक नगद लाभांश समेत बुझेकाछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको